विराटनगर । मोरङ प्रहरीले तासका दुईवटा खालमा बुधबार मध्यराति छापा हानेको छ । त्यस क्रममा अलगअलग खालबाट २० जना पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–६ भट्टी मोडका विशाल देवान राईको घरमा तास खेलिरहेका १२ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी बुद्ध श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर हेमराज ओली नेतृत्वको संयुक्त टोलीले राति ११ः३० बजेतिर तासको खालमा छापा हानेको थियो । प्रहरीले छापा हानेर तास खेलिरहेका विराटनगर–२ का ३६ वर्षीय विशाल मण्डल, विराटनगर–६ का ५५ वर्षीय गंगाराम मण्डल, २८ वर्षीय शम्भु सहनी, ५५ वर्षीय मनबहादुर कार्की, ३२ वर्षीय भोला सहनी, रविकुमार महतो र ४१ वर्षीय रामकुमार सहनीलाई पक्राउ गरेको छ ।

त्यस्तै, विराटनगर–११ का ३७ वर्षीय राजेश काफ्ले, ३६ वर्षीय शिवकुमार सहनी, २४ वर्षीय विशाल सहनी, ३० वर्षीय सञ्जीव सहनी र खोटाङको दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका–१४ का ३९ वर्षीय भरतकुमार राई पक्राउ परेका छन् । पक्राउ परेकाको साथबाट १ बुक तास र ५४ हजार ७ सय १० रूपैयाँ नगद बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । सबै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान सुरु गरिएको उनको भनाइ छ । यता मोरङको कटहरी गाउँपालिका–२ का प्रभुकुमार साहको घरमा तास खेलिरहेका ८ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर ओली नेतृत्वकै संयुक्त टोलीले राति १२ बजेतिर तासको खालमा छापा हानेको थियो ।

त्यस क्रममा तास खेलिरहेका घरधनी ५८ वर्षीय प्रभुकुमार साहसहित कटहरी–२ का ३२ वर्षीय सरोज ठाकुर, २८ वर्षीय सुजन साह, ६३ वर्षीय सुधीर बोहोरा, ४९ वर्षीय नारायण साह, ५३ वर्षीय शंकर साह, ३० वर्षीय सञ्जय रौनियार र कटहरी–१ का ४६ वर्षीय प्रदीपकुमार साह पक्राउ परेका छन् । पक्राउ परेकाको साथबाट १ लाख १९ हजार ५ सय नेपाली र ४ हजार ६ सय भारतीय रूपैयाँ तथा ३ बुक ताससमेत बरामद भएको डीएसपी जोशीले बताए । उनका अनुसार पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार