झापा जिल्लाको शिवसताक्षी नगरपालिका, वडा नं ११ स्थित नहर चोकमा तास खेलिरहेको समुहलाई प्रहरीले चार लाख रुपैयाँभन्दा बढी नगदसहित बिहीबार राति पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार, ६२ वर्षीय चन्द्रमणि रिमालको घरमा तास खेलिरहेको समूहलाई शुक्रबार बिहान १:३० बजे नियन्त्रणमा लिइएको थियो।

पक्राउ पर्नेहरुमा घरधनी चन्द्रमणि रिमाल, शिवसताक्षी वडा नं ५ का मुकेश राउत (३३ वर्ष), वडा नं ११ का राजेन्द्र बास्कोटा (४५ वर्ष), वडा नं ४ का सेवराज राजवंशी, वडा नं ७ का छत्रबहादुर सोडारी, वडा नं ६ का लोकनाथ दुलाल, र वडा नं ११ का दिपेन्द्र घिमिरे लगायत रहेका छन्।

यसैगरी अन्य पक्राउ पर्ने व्यक्तिहरुमा वडा नं ९ का मिराज दुलाल, वडा नं ४ का रुप नारायण साहा, वडा नं ७ का मणी खड्का, वडा नं ११ का राजु दर्जी, तुला सुब्बा, सिताराम कार्की, खडी बहादुर श्रेष्ठ, राजेन्द्र बुबर, वडा नं ४ का मनोज साहा, वडा नं ९ का मोहन प्रसाद दुलाल, र गौरीगञ्ज वडा नं १ का हरी राजवंशी रहेका छन्। प्रहरीले घटनास्थलबाट ४ लाख ५४ हजार ५ सय रुपैयाँ नगद र तास समेत बरामद गरेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार