झापाको मेचिनगर नगरपालिका वडा नं. ७ स्थित टोकला चिया बगान नजिक पूर्व–पश्चिम राजमार्गमा २०८१ कात्तिक २२ गते राति करिब ११:३० बजे भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक राजमान बिकको उपचारको क्रममा मृत्यु भएको छ। काँकरभिट्टाबाट इँटाभट्टातर्फ जाँदै गरेको मोटरसाइकलले BAA-8587 नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएको थियो।

२५ वर्षीय बिक दुर्घटनामा गम्भीर घाइते भइ बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार गराइरहेका थिए, तर उपचारको क्रममा कात्तिक २३ गते बिहान ९:२५ बजे उनको मृत्यु भएको हो। दुर्घटनामा संलग्न कार चालक दिनेश कंडेल, ३४, रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाका स्थायी बासिन्दा हुन्। उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको छ, र यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार