हल्दिवारी । वैदेशिक रोजगारले घर परिवारमा आर्थिक उन्नति दिलाए पनि व्यक्तिगत तथा पारिवारिक जीवनमा निकै पीडादायक बन्दै गएका उदाहरण समाजमा प्रसस्तै देखिन थालेका छन् ।
पछिल्लो पटक झापाको हल्दिवारी– १ गोलधाप बजारमा रहेको द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा शिशु जन्माएर फरार भनिएकी महिलालाई मात्र उदाहरण लिने हो भने यौन जीवनको असुरक्षित खेलका रूपमा बुझ्न सकिन्छ ।
झापा प्रहरीले शिशु जन्माएर फालेको आरोपमा ती महिलालाई पक्राउ गरेको भए पनि अबैध गर्भपतन गराउने र राम्रो आम्दानीको श्रोत जुटाउने हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरहरू हरेक दिन अबैध काम गरेर मोटो रकम असुली रहेका छन् । सीसीटीभी फुटेजका आधारमा ती महिलाको पहिचान गरिएको जनाउने प्रहरीले महिलाको गर्भपतन गराउन सक्रिय हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरका सञ्चालकका अबैध काम सीसीटीभी फुटेजमा देख्न सक्दैन ।
ती महिला बिर्तामोड १० घर भएकी बताइएकी एक नमूना पात्र भए पनि झापाका अधिकाम्स बस्तीमा बैदेशिक रोजगारका कारण यौनको सुखको नाममा व्यक्तिगत र पारिवारिक जीवन भताभुङ्ग हुने महिला पुरूषको संख्या निकै ठूलो छ । श्रीमान वर्षौंदेखि विदेश रहँदा रसरंगको रमाइलो बैंस परपुरूषको भरमा उपयोग गर्नुको बिकल्प छैन भने श्रीमती विदेश भए श्रीमानले पनि परस्त्रीको भरमा बैसको रसरंगमा रमाउनुको बिकल्प देखिएन । यौनको सुख खोज्ने क्रममा नचाहँदा नचाहँदै अपराधको बाटो लिन समाजले विवश बनाएको नमूना ती महिला हुन सक्छिन् । मृत शिशुको पोस्टमार्टम विवरणपछि ती महिलालाई प्रहरीले कारवाही प्रकृयामा त लैजाला तर बास्तविकता भने छाँयामा हराएर अपराधका नयाँ श्रृङ्घला रहिरहने छन् ।
प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट आइसकेपछि बच्चा जन्माएर छोड्ने महिलामाथि कार्वाही गर्ने जनाइएको छ । सीसीटीभी फुटेजमा एकजना महिला सिटी रिक्सामा आएको र क्लिनिकको बेन्चमा बसेको देखिएको छ । घटना विवरण अनुसार शनिवार दिउँसो २.३० बजेतिर क्लिनिकको शौचालयमा मृत शिशु फेला परेको थियो ।
ती महिला पेट दुखेर द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरमा आएको देखिनु र शौचालयभित्रै शिशु जन्माएर फालिएको पाइनुले प्रहरीलाई उनले नै शिशु मारेको आशंका पैदा गराएको छ । ती महिलाका श्रीमाना वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको पाइनु प्रहरीलाई शंका गर्ने अर्को मार्ग बनेको छ । महिला तथा वालवालिका सम्बन्धि कुरा भएकोले हाललाई पक्राउ परेकी ती महिलाको नाम नखुलाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्णबहादुर चन्दले बताए । यो वैदेशिक रोजगारीका कारण समाजमा बढेको विकृतिकै एउटा रूप भएको प्रहरी प्रवक्ता चन्दको भनाइ छ ।
यी सवै घटना हेर्दा द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर जस्ता स्वास्थ्य केन्द्रका पछिल्ला आम्दानीका मूल श्रोत वैदेशिक रोजगारीमा गएका व्यक्तिका श्रीमान् वा श्रीमतीका अबैध यौनजन्य गतिविधिबाट सिर्जना भएका समस्या ठाकछोप बन्न थालेको छ । ठाकछोपमा समस्या आए अबैध कार्य गर्ने व्यक्तितिर फर्किएर आफ्ना गल्ति उत्तै फर्काइ दिने चलन पनि बढ्दै छ ।
औषधी पसलदेखि क्लिनिकसम्मका पछिल्लो राम्रो कमाई अबैध गर्भपतन बनिरहेको सत्य बुझेर पनि नदेखे जस्तो गरिरहेको सरकारी पक्षको चेत कहिले र कहाँ पुगेर खुल्ने हो ? वैदेशिक रोजगारबाट व्यक्तिगत यौन जीवन र पारिवारिक पीडा बढ्दै गइरहेको प्रष्ट छ ।