हल्दिबारी, २७ कार्तिक । झापा जिल्लाको बाह्रदशी गाउँपालिका वडा नं. ५, फुलबारीस्थित धर्मेन्द्र साहको घरमा तास खेलिरहेका ७ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी एवं प्रवक्ता कृष्ण कुमार चन्दका अनुसार गए राति १२:१५ बजे गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको १५ जनाको टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूसँग रु. ८४,६७० नगद, ३ थान मोबाइल, र १४ बुङ्ग तास बरामद गरिएको छ। उनिहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भइरहेको छ।

जिल्ला झापा बाह्रदशी गाउँपालिका वडा नं. ५ बस्ने घर धनि धर्मेन्द्र साह,  भुजकर आलम, तजयमुल हुसेन, भोला सहनि, कमल देबनाथ गणेश, हल्दिबारी गाउँपालिका वडा नं. १ बस्ने सरल राई र जगदिस चौधरी रहेको प्रहरीले जनाएकाे छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
1
+1
3
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार