झापा । काठमाडौंको नागढुंगा चेकपोस्टमा लागुऔषध नियन्त्रण ब्युरो र स्थानीय प्रहरीको संयुक्त टोलीले लागूऔषधसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ।

आज बिहान १०:३० बजे काकरभिट्टाबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३-००१ ख २९९५ नम्बरको यात्रवुाहक बसमा चेकजाँच गर्दा दुई व्यक्तिको साथमा २० ग्राम खैरो हेरोइन (ब्राउन सुगर) बरामद भएको हो।

पक्राउ परेका व्यक्तिहरूमा गोरखा नगरपालिका वडा नं. १४ निवासी २५ वर्षीय अनिल खत्री र मोरङ बेलवारी नगरपालिका वडा नं. ०५ निवासी २१ वर्षीय टेक बहादुर रहेका छन्। लागूऔषध प्लास्टिकको झोलामा प्याक गरी लुकाइएको अवस्थामा फेला परेको थियो।

उक्त घटनामा संलग्न व्यक्तिहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा राखिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार