झापा । झापाको कनकाई नगरपालिका अन्तरगत ७ नम्बर वडा स्तरीय सरस्वती बाल संजालले मंसिर ५ गते अर्थात अन्तर्राष्ट्रिय बाल दिवसको दिनको अबसरमा वडा भित्र बसोबास गर्ने र वडा भित्रका बिधालयहरुमा अध्ययनरत तमाम बालबालिकाहरुको प्रतिभालाई पहिचान गर्दै सम्मान गर्ने गरि एकल नृत्य प्रतियोगिताको आयोजना बाल संजाल मार्फत गरिने भएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा बालबालिकाहरुको बाल अधिकारको प्रत्याभूत दिने अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको दिनकै अबसर पारेर बिहानी सत्रमा दुर्गापुर बजार आसपासको परिषर मा बालबालिका , बालमैत्री , बाल अधिकार , बाल बचाउ , बाल श्रम अन्त्य गर्न प्रेरित गर्दै विशेष र्याली समेतको कार्यक्रम आयोजना गरिने जानकारी गराईएको हो ।

औपचारिक एवं प्रतियोगिता १०:३० बाट कनकाई ७ स्थित भृकुटी माध्यमिक बिधालयको प्राङ्गणमा हुने र सोही अबसरमा वडा नम्बर ७ भित्र बाट उत्कट खेल खेल्ने बाल खेलाडि छनौट गरि आगामी दिनको अझ सफलताको कामना गर्दै सम्मान गरिने बाल संजालका अध्यक्ष रिजन तिम्सिनाले बताए ।

सरस्वती वडा बाल संजाल क्रियाशिलरुपमा कनकाई नगरपालिकाको बालमैत्री स्थानीय शासन अभियानलाई साथ दिदै निरन्तर टाेल स्तरीय , समुदाय स्तरीय , बिधालय स्तरीय , वाड स्तरीय हुँदै नगर स्तरीय कार्यक्रमहरु समेत संचालन गर्दै आईरहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार