बुधबार साँझ काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको ९एन एएपी एटीआर जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।
दायाँ इन्जिनमा समस्या देखिएपछि २५५ नम्बरको यो जहाजलाई उडेको २० मिनेटमै डाइभर्ट गरी आकस्मिक अवतरण गर्नुपरेको हो। विमान अवतरणको क्रममा त्रिभुवन विमानस्थलमा अरु जहाजहरूको उडान र अवतरण रोकिएको थियो।
सुरक्षा उपायका रूपमा दमकलसहितका तयारीहरु राखेर जहाजलाई सुरक्षित अवतरण गराइएको थियो। सवा ७ बजे सफल अवतरण गरेपछि बुद्ध एयरले जहाजको प्राविधिक जाँच गरी आवश्यक मर्मत कार्य गरिने जनाएको छ।