झापा, २ मंसिर । झापा जिल्लाको भद्रपुर नगरपालिका वडा नं. ०३ झोलुङ्गे पुल क्षेत्रमा भएको एक प्रहरी अपरेशनमा प्रतिबन्धित लागु-औषधसहित विनायक थुलुङ राईलाई नियन्त्रणमा लिइएको छ।

आज दिउँसो करिब १२:१० बजे विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुर र प्रहरी चौकी मेचीपारीको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका २७ वर्षीय विनायक थुलुङ राईलाई चेकजाँच गर्दा जिन्सको हाफ पाइन्टको गोजीमा लुकाएर ल्याइएको ब्राउन सुगरसहित पक्राउ गरिएको हो।

बरामद गरिएको ब्राउन सुगर प्लाष्टिकसहित ४ ग्राम ३३० मिलिग्राम र प्लाष्टिकबाहेक ३ ग्राम ९१० मिलिग्राम रहेको छ। हाल उनीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार