झापा । झापा जिल्लाको मेचिनगर नगरपालिका-१० स्थित धुलाबारी चोकमा अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ।

हिजाे राति ९:२५ बजे इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले विभिन्न सवारी साधन चेकजाँच गर्दै भारतबाट भन्सार छलि गरि ल्याइँदै गरेको ३३७ पिस वल्ड मर्क अल्कोहल मदिरा बरामद गरेको छ।

बरामद सामानको बजार मूल्य रु. १,३६,९५६।- (एक लाख छत्तीस हजार नौ सय छप्पन्न) रहेको छ। प्रहरीका अनुसार उक्त सामानलाई आवश्यक कानूनी कारबाहीको लागि मेचि भन्सार कार्यालय, काकडभिट्टामा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार