विद्युत् प्रवाह भइरहेको तार चुँडिएर करेन्ट लाग्दा घाइते भएकी मैवाखोला गाउँपालिका-३ की ७ वर्षीया बालिका मंसिरी शेर्पाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लैजाँदै गर्दा उनको बाटोमै निधन भएको हो।
प्रहरी नायव उपरीक्षक रवि रावलले जनाएअनुसार, मंसिरी शेर्पा विद्यालयबाट घर फर्किंदै थिइन्। उनी सरस्वती आधारभूत विद्यालय तुम्बेमा अध्ययनरत थिइन्। घर फर्कने क्रममा पोलबाट झरेको तारले उनलाई करेन्ट लागेको थियो। यसै क्षेत्रमा करिब दुई वर्षअघि पनि यस्तै घटनामा एकजनाको ज्यान गएको बताइएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार