हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

मनकामना माताले हामी सबैको रक्षा गरून्, हेर्नुहाेस आजकाे राशिफल (२०८१/०८/०६ गते)

आज २०८१ कार्तिक ६ गते विहीवारको राशिफल ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा अधिकारीहरूसँग मनमुटाव रहन सक्छ। परिश्रम अनुरूप सफलतामा कमी आउनेछ। व्यापारमा लाभको स्थिति रहनुका साथै मित्रहरूबाट रोकिएका कार्यहरू सम्पादन हुनेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। प्रतिस्पर्धामा सफलता हात लागि पर्न सक्छ। आर्थिक पक्ष मजबुत रहनेछ। आफन्तहरूसँग बसेर पुरानो समस्यालाई सुल्झ्याउने समय रहेको छ। आजको शुभ रंग वैजनी हो भने शुभ अंक ५ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारिक वातावरण सुखमय रहनेछ। लामो दूरीको यात्रा गर्दा स्वास्थ्यलाई ध्यान दिनुहोला। आफूलाई पायक पर्ने ठाउँमा समय बित्नेछ। वैदेशिक कार्यमा रुकावट आउनेछ। व्यक्तिगत लेनदेनमा सतर्क रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नोकरीमा सहकर्मीहरुको सहयोग मिल्नेछ। सञ्चारको माध्यमबाट शुभ सूचना मिल्नेछ। धर्म कर्म वा सेवामूलक कामले प्रतिष्ठित बनाउनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। आजको शुभ रंग गुलाबी रहेको छ भने शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अग्रिम समयदेखि रोकिएका कार्य प्रारम्भ हुनेछन्। व्यापार व्यवसायमा नयाँ कार्य प्रारम्भ गर्नमा बाधा आउनेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा देखावटी काम गर्नबाट बच्नुहोस्। आजको शुभ रंग सुन्तला शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राजनीतिक तथा सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा उच्च अधिकारीबाट प्रशंसा मिल्नेछ। घर वा सवारी साधनको मर्मतमा धन खर्च हुनेछ। नोकरी वा पेशामा शत्रु बढ्नेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशामा सफलता मिल्नेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। व्यापार व्यवसायमा आयका स्रोतहरू बढ्नेछन्। विद्यार्थीहरूको आजको दिन उत्साहजनक रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज मन दोधारमा रहनेछ। शान्त मनले सोचविचार गरेर निर्णय लिनलाई केही समय लिनुहोस्। वचन दिने काम नगर्नुहोला। अध्यापनको क्षेत्रबाट लाभ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घर परिवारलाई लिएर धन खर्चका योग छन्। आर्थिक कारोबारमा नयाँ स्रोतहरू बढ्नेछन्। विद्यार्थीहरूलाई बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा रमाइलो समय बित्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक कारोबारमा लाभको स्थिति रहेको छ। जोश जागरमा वृद्धि रहनेछ। मार्केटिङ क्षेत्रमा नसोचेको कार्य सम्पादन हुनेछ। मन्दिर,देवस्थानमा दर्शनको योग छ। स्वास्थ्यमा सुधार रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) हजुरको इच्छाको मान राखिनेछ। विशेष कार्यमा सफलता मिल्नेछ। साझेदारी व्यापारमा लाभको योग छ। आर्थिक दृष्टिले दिन खर्चिलो रहनेछ। गरिएका कामबाट जस पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेमीहरूले प्रेम जताउन हत्तार नगर्नुहोस्। परिस्थिति अनुकूल नहोला। स्वास्थ्यमा मौसमी बिमारीहरूबाट सावधान रहनुहोला। सन्तान विदेशतिर छन् भने शुभ सूचना मिल्नेछ। आर्थिक कारोबार बढाउनको लागि दिन उत्तम रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

साभार: हाम्रोपात्रो

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)