धरहरा चढ्नका लागि स्वदेशी नागरिकलाई अब प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ। यस शुल्कको व्यवस्था विशेष संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (२०८१) को आदेशअनुसार गरिएको हो।

सार्क राष्ट्रका पर्यटकका लागि शुल्क पाँच सय रुपैयाँ र सार्कबाहेकका राष्ट्रका पर्यटकका लागि एक हजार रुपैयाँ तोकिएको छ। मङ्सिर ९ गतेदेखि लागू हुने यस शुल्कमा स्वदेशी नागरिकका लागि केही छुट पनि राखिएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूलाई ५० प्रतिशत शुल्क छुट दिइने व्यवस्था गरिएको छ।

अलि थप शुल्क व्यवस्था पनि बनाइएको छ। धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन (व्यावसायिक बाहेक) गर्न प्रतिघण्टा पाँच हजार, धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघण्टा पाँच हजार, र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रुपैयाँ शुल्क तोकिएको छ। धरहरा परिसरको पार्किङमा चार पाङ्ग्रेको लागि प्रति घण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेको लागि १० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार