कञ्चनपुर । कञ्चनपुरमा १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका सदस्यहरूलाई सम्मान गरिएको छ। महेन्द्रनगरस्थित होली फेम्ली क्रिकेट एकेडेमीले नेपाली यु–१९ महिला क्रिकेट टोलीका सदस्य सावित्री धामी र स्नेहा महरालाई जनही रु ३०/३० हजार नगदसहित सम्मान गरेको हो। साथै, नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान बिन्दु रावललाई रु ५० हजार र टोलीका सहायक प्रशिक्षक जानकी भट्टलाई रु ३० हजार नगद तथा दोसल्ला ओढाएर सम्मान गरिएको छ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले खेलाडीहरूको मेहनतले देशको प्रतिष्ठा जोगिएको भन्दै प्रदेश सरकारले खेलकुदको विकासका लागि पूर्वाधार निर्माणमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।

जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले खेलाडीहरूको विकासका लागि सरकारले थप लगानी गर्नुपर्ने बताउँदै, ठूला प्रतियोगिता सञ्चालनका लागि आवश्यक खेलमैदान निर्माणमा तीन तहका सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।

यु–१९ महिला विश्वकपको एसिया छनोटमा नेपालले युएईलाई आठ विकेटले हराउँदै विश्वकपमा छनोट भएको थियो। सन् २०२५ को जनवरीमा मलेसियामा हुने १९ वर्ष मुनिको महिला विश्वकपमा नेपालले सहभागिता जनाउनेछ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार