काठमाडौँ । काठमाडौँको सिनामङ्गलस्थित एक गेस्ट हाउसमा दम्पत्तीको शव झुन्डिएको अवस्थामा फेला परेको छ।

सुनसरी दुहवीका रमेश माझी र उनकी पत्नी शर्मिला माझी शनिबार गेस्ट हाउसमा कोठा लिएर बसेका थिए। उनीहरू दुई वर्षपछि नेपाल आएका थिए र शनिबार मात्र क्यानडाबाट फर्केका थिए।

उनीहरू काठमाडौं महानगरपालिका–९, सिनामङ्गलस्थित प्रकाश सन्यास आश्रम जाने बाटोमा रहेको पाँच तले पर्शुराम आचार्यको घरमा रामजी कटुवालले सञ्चालित ‘जन्मभूमि गेस्ट हाउस’ मा बसेका थिए।

कोठा नम्बर १२० मा आइतबार बिहान शव फेला परेको हो। प्रारम्भिक अनुसन्धान अनुसार आत्महत्या गर्नको कारण पारिवारिक विवाद हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ र प्रहरीले अनुसन्धान जारी राखेको जानकारी दिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार