इटहरी, ९ मंसिर । सुनसरी जिल्लाको इटहरीमा भएको सवारी दुर्घटनामा श्रीमान-श्रीमतीको मृत्यु भएको छ। आइतबार दिउँसो करिब १२ बजे इटहरी–१७ बालग्राम चौकमा को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकल दुर्घटनामा परेर धर्मदेवी नगरपालिका–३ निवासी ३२ वर्षीय युवराज गुरुङ र उनकी श्रीमती टीका गुरुङको ज्यान गएको हो।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार, अज्ञात सवारी साधनको ठक्करले उनीहरू गम्भीर घाइते भएका थिए। तत्कालै उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको भए पनि उपचारको क्रममा दुवैको मृत्यु भएको छ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार, म्याजिक भ्यान र टिपरले ओभरटेक गर्ने क्रममा मोटरसाइकल ती दुई सवारी साधनको बीचमा चेप्टिएर दुर्घटनामा परेको थियो। ठक्कर दिने सवारी साधनको पहिचान र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार