कचनकवल, १० मंसिर । कचनकवल गाउँपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत ‘न्यायमा पहुँच सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ आजबाट सुरु भएको छ। “हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि एक्यवद्धता” भन्ने मूल नारासहित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा कचनकवल वडा नं. ७ को सभाहलबाट औपचारिक रूपमा अभियानको शुभारम्भ भएको हो।

उद्‌घाटन सत्रमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, स्थानीय नेतृत्व, महिला समूह, तथा विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।अभियानको पहिलो दिन आजको अन्तरक्रिया कार्यक्रममा लैङ्गिक हिंसा, यसको समाधानका उपाय, तथा न्यायमा पहुँच अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको छ। कार्यक्रम कचनकवल गाउँपालिकाका उपाध्यक्षको अध्यक्षतामा सञ्चालन भएको थियो। प्रमुख अतिथि कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले महिलामाथि हुने हिंसाका घटनालाई न्याय दिलाउन अझ प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।

उहाँले भन्नुभयो, “जो गरिब र निमुखा छन्, ती हिंसाको सबैभन्दा ठूलो शिकार बन्ने गरेका छन्। तर, बोल्न नसक्ने वा आफ्नो आवाज उठाउन नजान्ने कारणले उनीहरूको न्यायमा पहुँच अत्यन्त कमजोर छ। यो अभियानले यस्ता वर्गलाई न्यायसम्म पुर्‍याउन सहयोग पुर्‍याउनेछ।” साथै, उहाँले विगतका अभियानहरूबाट अपेक्षित प्रतिफल नआएको स्वीकार्दै लक्षित वर्गसम्म प्रभावकारी रूपमा पुग्न थप रणनीतिक योजना आवश्यक रहेको बताउनुभयो। त्यसैगरी, गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले न्यायमा पहुँच अभिवृद्धिका लागि स्थानीय तह र सामाजिक सङ्घसंस्थाको भूमिकाबारे विशेष जोड दिनुभयो।

उनले उहाँले भन्नुभयो, “नेपालको कानुनमा महिलाको सुरक्षाका लागि आवश्यक प्रावधान रहेका छन्। तर, ती कानुनहरूको सही प्रयोग र सबै नागरिकसम्म पहुँच पुर्‍याउन प्रयास गर्नुपर्ने आवश्यकता छ। यस अभियानले कचनकवलका महिलाहरूसँगै समग्र समाजलाई हिंसारहित बनाउन योगदान दिनेछ।”

उपाध्यक्ष भट्टराईले महिलाहरूका लागि न्याय र समानतामा आधारित समाज निर्माण गर्न सबै पक्षको सहभागिता आवश्यक रहेको बताउनुभयो। अन्तरक्रिया कार्यक्रममा अपराधीलाई कानुनी कठघरामा ल्याउन ठोस योजना बनाउने प्रस्ताव पनि अघि सारिएको थियो।

अभियान अन्तर्गत १६ दिनसम्म कचनकवलका विभिन्न वडाहरूमा लैङ्गिक हिंसा सम्बन्धी सचेतना कार्यक्रम, कानुनी परामर्श, महिला सशक्तीकरणका कार्यक्रम, र पीडितहरूको न्यायमा पहुँच अभिवृद्धि गर्ने पहल गरिने प्रशिक्षक देवी निरौलाले जानकारी दिनुभयो।

आयोजक शाखा प्रमुख सुनिता दाहालका अनुसार प्रत्येक दिन फरकफरक विधा र कार्यसूचीमा आधारित कार्यक्रम गरिनेछ। त्यस क्रममा विद्यालयका विद्यार्थी, महिला समूह, युवाहरू, र स्थानीय जनप्रतिनिधिहरूलाई लक्षित गर्दै विशेष सत्र सञ्चालन गरिनेछ।

उद्‌घाटन कार्यक्रममा स्वागत मन्तव्य प्रभा राजवंशीले दिनुभएको थियो भने कार्यक्रमको मनिता बरालले कार्यक्रको प्रकाश पार्नुभएको थियो। अतिथिहरूमा कचनकवल ७ का वडाध्यक्ष भारत राजवंशी र निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव मैनालीको महिला संजाल कचनकवल ७ की अध्यक्ष पुष्पा कार्की न्यायिक समिति सदस्य बबिता काफ्लेलगायतको उपस्थिति रहेको थियो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार