झापा । झापा जिल्लाको कमल गाउँपालिका वडा नं. ७ निवासी ३८ वर्षीय संदेश बस्नेतलाई प्रतिबन्धित औषधि (ट्रामाडोल, स्पासपेन, डेकोलिक)सहित प्रहरीले नियन्त्रणमा लिइएको छ।
गोप्य सूचना आधारमा हिजाे मंसिर १० गते ३ बजेको समयामा इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोस्ट बाह्रघरेबाट खटिएको टोलीले उनका घरमा चेकजाँच गरेको थियो।
जाँचको क्रममा निम्न परिमाणमा प्रतिबन्धित औषधिहरू बरामद भएका छन्:
• ट्रामाडोल: ४९३ पत्ता (४,९३० क्याप्सुल)
• स्पासपेन: ५०३ पत्ता (५,०२६ क्याप्सुल)
• डेकोलिक: ४२ पत्ता (४२० क्याप्सुल)
प्रहरीले उक्त औषधिहरू बरामद गरी संदेश बस्नेतलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1