झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका वडा नं. १ स्थित प्रहरी चौकी कुन्जिबारीको टोलीले हिजो १० गते साँझ ७:५० बजे तीन जनालाई प्रतिबन्धित लागुऔषधसहित नियन्त्रणमा लिएको छ।
प्रहरीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका २१ वर्षीय उत्तम राजबंशी, १९ वर्षीय गोविन्द राजबंशी, र १८ वर्षीय किरण कोचलाई चेकजाँच गर्दा उत्तम राजबंशीको हाफप्यान्टको दाहिने गोजीमा लुकाइ राखेको ९०० मिलिग्राम ब्राउन सुगर र Nitracross नामक ८ पत्ता (८० ट्याब्लेट) फेला परेको थियो।
तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेमामा राखी थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1