झापा, २० मंसिर । झापा गाउँपालिका कार्यवाहाक अध्यक्ष अन्जुदेवी थपलियाले निजि र सामुदायिक विद्यालयमा फरक हुन्छ हामिले सौताको व्यवाहर गरेका छैनौं, बच्चाले समेत नरोइकन आमाले दुध खुवान विर्सन्छीन त्यसैले समन्वय र सहकार्य गरि समग्र झापा गाउँपालिकाको शिक्षा सुधार गर्न सवैले आ–आफ्नो ठाउँबाट सहयोग पु¥याउन आग्रह गर्नु भएको छ ।

प्यावसन झापा गाउँपालिकाले आयोजना गरेको गिति तथा नृत्य प्रतियोगितामा प्रमुख अतिथिको रुपमा होराईजन स्कुलमा आयोजना गरिएको कार्यक्रममा का.वा. अध्यक्ष थपलियाले उक्त कुरा आफ्नो संवोधनको क्रममा बताउनु भएको थियो । निजि विद्यालयहरुलाई परेका समस्या समाधान गर्न झापा गाउँपालिका तयार रहेको बताउँदै पैसा मात्रै सवै थोक नहुने हुदा परेका समस्या समाधानमा आफु र गाउँपालिका सधै साथ रहेको समेत बताउँनु भएको थियो ।

प्यावसन झापा गाउँपालिकाका अध्यक्ष गणेश प्रसाद सुवेदीको अध्यक्षतामा भएको नृत्य तथा गिति प्रतियोगितामा प्यावसनका पुर्व अध्यक्ष योगेन्द्र ताम्लीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजिकरण उपाध्यक्ष नवराज सुवेदीको रहेको थियो । साउथ होराईजन बोर्डिङ्ग सेकेन्डरी स्कलले आयोजना गरेको उक्त कार्यक्रममा झापा गाउँपालिका भित्रका प्यावसन संग आवद्द विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार