स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा ६१ जना गुप्तवास ( क्वारेन्टाइन ) मा : नियम नमान्नेलाई सामाजिक बहिष्कार गरौं ( सक्दो सियर गर्दिनु होला )

हल्दिवारी गाउँपालिकामा १८ गते मंगल् बार सम्म भारत लगायत अन्य मुलुक बाट आउनेको संख्या ६१ पुगेको छ।

Advertisement

Advertisement

स्वास्थ शाखा प्रमुख पुष्कर निरौलाका अनुसार गाउँपालिकाले तयार गरेको क्वारेन्टाइनमा १ जना छ्न भने अरु आफ्नै होम क्वारेन्टाइनमा ६० जना बसेका छ्न । प्रमुख निरौलाका अनुसार १ नम्बर वडामा १७ जना ,२ वडामा १३ जना ,३ नम्बर वडामा १५ जना ,४ नम्बर वडामा ७ जना तथा ५ नम्बर वडामा ९ जना रहेका छ्न ।

होमक्वारेन्टाइनमा बसेका केहिले समाजलाई समेत धज्जी उडाउदै ,गाउँ समाजलाईनै कोरोना भाइरस सक्रमणको यस अवस्थामा आतंकिक गरेको सुन्न आएको छ।

उनिहरुलाई सम्झाउदा बुझाउदा समेत नलागेपछि सामाजिक बहिष्कारको अवस्थामा पुग्ने वातावरण बन्दै गएको एक बिदेशबाट आएका छिमेकीले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article