झापा, ९ पुस । झापाको बिर्तामोडमा साइलेन्सर परिवर्तन गरी ठूलो आवाजमा फाइरिङ गर्दै मोटरसाइकल चलाउने ७ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले दुई दिनको अभियानमा विभिन्न मोटरसाइकललाई नियन्त्रणमा लिएको हो। यी मोटरसाइकलहरूले साइलेन्सर परिवर्तन गरी अत्यधिक ध्वनि प्रदूषण उत्पन्न गर्दै आइरहेको थियो। मोटरसाइकलहरूमा बुलेट, एनएस, बेनेली, ड्युक, पल्सर लगायतका विभिन्न ब्राण्डहरू रहेका छन्।

प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार, एक महिनामा ३० वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको र त्यसको साइलेन्सर हटाएर कार्वाही प्रक्रिया अगाडि बढाइएको छ। यस प्रकारका मोटरसाइकलहरूको लापरवाहीपूर्ण चलनले नागरिकहरूमा आतंक छाएको थियो। तस्विर: BJ

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार