अजरबैजानबाट रूसतर्फ उडेको यात्रुवाहक विमान कजाकिस्तानको अक्ताउ विमानस्थलमा दुर्घटनामा परेको  छ।

अजरबैजान एयरलाइन्सको जे२-८२४३ फ्लाइटमा ७२ जना सवार थिए, जसमा ६७ यात्रु र ५ चालक दलका सदस्य थिए। दुर्घटना आपतकालीन अवतरण गर्ने क्रममा अक्ताउ शहर नजिकै भएको थियो, जसका क्रममा विमानमा आगलागी भएको थियो र विमान टुक्राटुक्रा भएको थियो।

प्रारम्भिक रिपोर्टअनुसार २७ जना यात्रु बच्न सफल भएका छन् भने कम्तीमा १० जनाको मृत्यु भएको पुष्टि भएको छ। उद्धार प्रयास जारी रहेको छ, र घाइतेहरुलाई अस्पतालमा उपचार भइरहेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार