गण्डकी प्रदेश सरकारका अनुसार ती व्यक्ति केही दिन पहिले भारतबाट नेपाल आएका थिए । केन्द्र सरकारले प्रदेशहरुमा पठाएको पोर्टेवल पीसीआर मेसिनमा नमूना परीक्षणका क्रममा उनमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यद्यपि प्रदेश सरकारले संक्रमणको पुनः पुष्टि गर्न ती व्यक्तिको स्वाव काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको जनाएको छ । पोखरामा भेटिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । यसअघि बिहीबारसम्म नेपालमा ६ जनामा कोरोना देखिएको थियो ।

संक्रमित ७ जनामध्ये १ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । बाँकी ५ जना कोरोना संक्रमितमध्ये २ जनाको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, १ जना धनगढीस्थित सेती प्रादेशिक अस्पताल, २ जनाको बाग्लुङस्थित धौलागिरी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका सातौं संक्रमितको अहिलेको अवस्था भने खुलाइएको छैन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार