कपिलवस्तु । केहीबेर अघिदेखि कपिलवस्तुको गुगौलीको सिङ्खो गाउँमा भीषण आगलागी भएको छ । जिल्लाको विजयनगर गाउँपालिका वडा नम्वर १ गुगौली गाउँमा लहरै रहेका फुसले छाएका घरहरुमा आगलागी हुँदा करिब ४० घर जलेर नष्ट भएको प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिए ।

‘हामी भर्खरै आएर आगो निभाउन लागेका छौं’ नेपालले भने, ‘लहरै घरमा आगलागी भएको छ, ४० भन्दा बढि घरहरु जलेर नष्ट भएको अनुमान गरिएको छ, एकिन विवरण भने तयार पार्न सकिएको छैन् ।’ उनले थप भने, ‘अहिलेसम्म मानवीय क्षति भएको त पाइएको छैन तर अन्न र धनमालको प्रशस्त क्षति भएको छ । 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार