हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भारतबाट नेपाल प्रवेश गरेका ९ जना जमाती नियन्त्रणमा

बारा प्रहरीले भारतबाट लुकिछिपी नेपाल प्रवेश गरी बस्दै आएका ९ जना जमातीलाई नियन्त्रणमा लिएको छ। बाराको फेटा गाउँपालिकाको वडा नं। ५ जोतपुर गमरियाबाट ९ जना मुस्लिम समुदायका जमातीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

Advertisement

लकडाउनमा भारतबाट खुला सीमानाका भएर लुकिछिपी प्रवेश गरेका जमातीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्राले बताए।

Advertisement

प्रहरीले सप्तरीको महादेवा गाउँपालिका वडा नं। ४ बस्ने अन्दाजी ५५ वर्षीय महम्मद जिवरेल, २९ वर्षीय रोजिद शेष, सोही जिल्लाको कञ्जनपुर नगरपालिका वडा नं। ९ बस्ने ६४ वर्षको सफिद मियाँ, ५२ वर्षको तजबुल मियाँ, ६४ वर्षीय मोहम्मद सफिज रहमान, ४८ वर्षका मोहम्मद वकिल मियाँ, १८ वर्षको मोहम्मद खुर्सेद, ४८ वर्षीय मोहम्मद जाकिर तथा ६३ वर्षीय मोहम्मद इसराइज मियाँलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको छ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)