समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

झापाको बिर्तामोडमा एक व्यक्ति मृत फेला

झापा । झापाको बिर्तामोड-५ धिमाल चोकस्थित काठ मिलमा एक व्यक्ति मृत फेला परेका छन्।

Advertisement

बुधवार साँझ ७ बजे सो स्थानमा विगत दुई वर्षदेखि बस्दै आएका अन्दाजी ७२ वर्षीय कुमार तामाङ मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार तामाङ एक्लै बस्दै आएका थिए र आफ्नै सुत्ने ओछ्यानमा घोप्टो परी मृत फेला परेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article