झापा । कोशी प्रदेश प्रहरी कार्यालय केनाईन शाखा, धरानबाट खटिएको कुकुर (Dog) सहितको प्रहरी टोलीले झापाका विभिन्न संवेदनशील क्षेत्रमा ‘Dog Sniffing’ अभियान सञ्चालन गरेको छ।

संभावित अपराध क्षेत्रको पहिचान र निगरानी : प्रहरीको टोलीले २०८१ फागुन १ गते झापा जिल्लामा अपराधिक गतिविधि हुन सक्ने स्थानहरूमा कुकुरमार्फत खोज तथा निगरानी कार्य (Dog Sniffing) सम्पन्न गरेको हो।

यस अन्तर्गत:
✅ दमक नगरपालिका वडा नं. ५ (गोर्खा डिपार्टमेन्ट क्षेत्र), वडा नं. ६ (बसपार्क क्षेत्र) र वडा नं. ७
✅ बिर्तामोड नगरपालिका वडा नं. ४ (पश्चिम बस स्ट्यान्ड), वडा नं. ६ (गिरिबन्धु टी-स्टेट क्षेत्र)
✅ मेचिनगर नगरपालिका वडा नं. ६ (बसपार्क, मेची पुल क्षेत्र)

यी क्षेत्रहरूमा लागुऔषध ओसारपसार, विस्फोटक पदार्थको सम्भावना, सीमा क्षेत्रका अपराध तथा अन्य अवैध गतिविधि रोकथामका लागि निगरानी गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, Dog Sniffing अभियान अपराध नियन्त्रण तथा रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने भएकाले आगामी दिनमा पनि नियमित रूपमा सञ्चालन गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
3
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार