हल्दिबारी ,१ फाल्गुन । लक्ष्मीनारायण मन्दिर तथा हरिकृर्तन संचालन समितिको आयोजनामा श्रीमद्भागवत महापुराण महायज्ञ हल्दिबारी ५ अधिकारी चोकमा आजबाट शुरु भएको छ ।

झापा क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य माननीय छविलाल चुडाल र हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनले पुराणको दिप प्रजोलन गरि उद्घाटन गर्नु भएको छ ।

यहि फाल्गुन १ गतेदेखी ७ गतेसम्म संचालक हुन लागेको महायज्ञमा प्रमुख वाचन पण्डित उदय खनाल र पाठ परायण पण्डित इन्द्र अधिकारीले गर्नुहुने पुराण आयोजक समितिका अध्यक्ष चक्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथी माननीय छविलाल चुडाल , पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देन , सनातन धर्म सेवा समिति झापाका सचीव लक्ष्मी प्रसाद दङ्गाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष चक्रबहादुर बस्नेतले पुराण लगाउनुको उदेश्य तथा औचित्य माथी प्रकाश पार्नु भएको थियोे । उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाकि उपाध्यक्ष इस्वरा मगर गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सचिव केशव बजगाईको रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
3
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार