झापाका १५ वटा स्थानीय तह मध्येको कार्य सम्पादन मूल्याङ्कनमा गाउँपालिकाहरुमा हल्दिबारी गाउँपालिका प्रथम स्थानमा देखिएको छ ।

त्यस्तै भद्रपुर नगरपालिका झापा जिल्लाकै पालिकाहरुमा प्रथम स्थानमा देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको आ.व. २०८०/०८१ मा झापा जिल्ला भित्र गाउँपालिकामा र नगरपालिकामा भद्रपुर नगरपालिका प्रथम स्थानमा रहेको छ । कार्यसम्पादन मूल्याङ्कनमा भद्रपुरले ७१ अंक प्राप्त गरेको छ भने हल्दिबारी गाउँपालिकाले ६० अंक प्राप्त गरेको छ। यो समाचार टाइम अफ प्रदेशमा प्रकाशित छ ।

त्यस्तै गौरादह नगरपालिका दोस्रो स्थानमा भने गौरादहले ६१ प्रतिशत अंक प्राप्त गरेको छ । तेस्रो स्थानमा शिवसताक्षी नगरपालिका परेको छ । शिवसताक्षीले ६०.७ अंक प्राप्त गरेको हो

त्यसै गरी क्रमशः झापा गाउँपालिका र बाह्रदशी गाउँपालिकाले ५८.९/५८.९ अंक प्राप्त गरेका छन् । बुद्धशान्ति गाउँपालिकाले ५७.२, दमक नगरपालिकाले ५४. २, बिर्तामोड नगरपालिकाले ५३.४, कनकाई नगरपालिकाले ५२.८, कमल गाउँपालिकाले ५१.३, अर्जुनधारा नगरपालिकाले ४७.९, कचनकवल गाउँपालिकाले ४६.३, मेची नगरपालिकाले ३९.२ अंक प्राप्त गरेको छ । अन्तिम अंक प्राप्त गर्ने गौरीगञ्ज गाउँपालिका रहेको छ । गौरीगञ्जले ३३.९ अंक प्राप्त गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८’ का आधारमा मूल्याङ्कन गरेर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेशलाई यस्तो अङ्क प्रदान गर्छ । कार्यसम्पादनबाट प्राप्त अङ्कका आधारमा प्रदेश तथा स्थानीय तहले सङ्घ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने कानुनी प्रावधान छ ।

प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदनअनुसार वित्त आयोगले विभिन्न १९ सूचकलाई हेरेर प्रदेशको कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ । यसमा लेखा परीक्षण, बेरुजु फर्छ्यौट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व सङ्कलनलगायत विषयलाई सूचकका रुपमा राखिएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार