समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

प्रयागराज महाकुम्भ दर्शन गर्न गएका तीर्थयात्री सवार गाडी दुर्घटना, १० जनाको मृत्यु

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलाको दर्शन गर्न जाने क्रममा गएराति भएको सडक दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ।

Advertisement

मध्यरातमा प्रयागराज-मिर्जापुर हाइवेमा बोलेरो गाडी र बस आपसमा ठोक्किँदा दुर्घटना भएको हो। भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनामा १९ जना घाइते भएका छन्

Advertisement

दुर्घटनामा ज्यान गुमाउने सबैजना बोलेरोमा सवार रहेको बताइएको छ। उनीहरू छत्तीसगढको कोरबा जिल्लाबाट महाकुम्भ स्नानका लागि प्रयागराज जाँदै थिए।

घाइते भएका १९ जना तीर्थयात्री बसमा सवार रहेको र उनीहरू मध्य प्रदेशको राजगढ जिल्लाका बासिन्दा रहेको जनाइएको छ। ती तीर्थयात्रीहरू संगम स्नान पछि वाराणसी जाने योजनामा थिए।

टक्कर यति शक्तिशाली थियो कि बोलेरो गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। दुर्घटनापछि बोलेरोमा अड्किएका शवहरूलाई बाहिर निकाल्न डेढ घन्टा लागेको जनाइएको छ।

प्रहरी तथा स्थानीय प्रशासन घटनास्थलमा पुगेको छ भने घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article