काठमाडौँ । नेपाल प्रहरीका १० जना प्रहरी बरिष्ठ उपरीक्षक( एसएसपी ) हरु प्रहरी नायब महानिरीक्षक ( डीआईजी)मा बढुवा सिफारिस भएका छन् ।गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीको दरबन्दी १४ कायम गरेपछि बाँकी १० डीआईजीको लागि कडा प्रतिस्पर्धा भएको थियो ।

गृह मन्त्रालयले घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्त पन्त, ईश्वरबाबु कार्की, सहकुल थापा, धिरज प्रताप सिंह, बसन्त लामा, रबिन्द्र धानुक, उत्तम सुबेदी र अरुण बिसीलाई डीआईजी बढुवाको लागि सिफारिस गरेको हो ।

बढुवा समितिको बैठकले एसएसपी अर्याललाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । त्यस्तै प्रकाशजंग कार्की दुई नम्बरमा डीआईजी बढुवाका लागि सिफारिस भएका छन् ।जसमा २४ एसएसपीहरु डीआईजीको दौडबाट आउट भएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार