हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारीमा कल्भर्टमा डुबेर बुचु सन्थालको मृत्यु

हल्दीबारी, झापा,११ असार — हल्दीबारी गाउँपालिका वडा नम्बर ४ मंगलबारे दक्षिणतर्फ अधिकारी चोक जाने बाटोमा रहेको  कल्भर्टमा एक व्यक्ति मृत फेला परेका छन्।
मृतकको पहिचान सोही क्षेत्रका करिब ६० वर्षीय बुचु सन्थालको रूपमा परिचित रहेको प्रहरीले जनाएको छ। सन्थाल विगत ३०–४० वर्षदेखि सोही क्षेत्रमा जनमजदुरी गर्दै आएका थिए। केही वर्षअघि खुट्टा भाँचिएपछि बैशाखीको सहारामा मागी–खाई गर्दै त्यही स्थानमा बसोबास गर्दै आएका थिए।
स्थानीयवासीले आज बुधवार साझ कल्भर्टमा डुबेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा जलथल प्रहरी चौकीबाट खटिएको टोलीले पुगेर सुरक्षाको व्यवस्था गरेको र जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराइएको जनाएको छ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)