हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

दमकमा दुःखद घटना : खोलामा डुबेर बालकको निधन

झापा, दमक । झापाको दमक नगरपालिका–९ मा एक बालकको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा ११ वर्षीय रमन धिमाल रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार रमन हिजो दिउँसोदेखि बेपत्ता भएका थिए। उनी दमक–९ स्थित टुकुरे र बेतनी खोलाको दोभानमा डुबेका थिए। खोजी कार्य जारी रहँदा उनको शव आज बिहान फेला परेको हो।

Advertisement

स्व. धिमाल पाणिनी माध्यमिक विद्यालयका कक्षा ६ का विद्यार्थी थिए। हाल शवको कानुनी प्रक्रिया पूरा गरी घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाका अनुसार खोलाको बहाव तीव्र रहेको र बालबालिकालाई त्यस्तो स्थानमा नजान आग्रह गरिएको भए पनि सावधानी नअपनाउँदा यस्ता घटनाहरू दोहोरिइरहेका छन्। घटनाले स्थानीय समुदायमा शोकको छायाँ छाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)