हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

भद्रपुरकी २८ वर्षीया सङ्गीता हराइन्, खोजीदिन परिवारजनको आग्रह

झापा, असार ३२ । झापा जिल्लाको भद्रपुर नगरपालिका–५ की २८ वर्षीया सङ्गीता राजवंशी असार २९ गते आइतबारदेखि बेपत्ता भएकी छन्।

Advertisement

गोरो वर्णकी र ४ फिट ८ इन्च उचाइकी सङ्गीता आइतबार बेलुका करिब ४ बजे घरबाट छोरा सँगै बजार जान भन्दै निस्किएकी थिइन्। तर त्यसपछि उनी सम्पर्कविहीन भएकी छिन्।

Advertisement

उनका श्रीमान् अजित राजवंशीका अनुसार छोरा त्यो बेला घरमै थिए र उनी काममा थिए। “बजार गएकी श्रीमती दुई दिनसम्म सम्पर्कमा नआएपछि आफन्तजनसँग सल्लाह गरेर प्रहरीमा खोजतलासको निवेदन दिएका हौँ,” उनले भने।

सङ्गीताको माइती पक्षले पनि उनीबारे केही जानकारी नभएको जनाएको छ। आफन्त र चिनाजानामा समेत सम्पर्क गर्दा कुनै पत्ता लाग्न नसकेपछि उनीहरू चिन्तित बनेका छन्।

“हामीले सबै सम्भावित स्थानमा खोजी गरिसक्यौँ, भारततिर गएको हुनसक्छ भन्ने आशंका छ,” श्रीमान् अजितले भने।

उनी बेपत्ता भएकोबारे कुनै जानकारी भएमा फोन नम्बर ००९७७–९८१७९४८९६१ मा सम्पर्क गरिदिन उनले सबैलाई आग्रह गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)