झापा – साउन १० । लोकतन्त्रको मेरुदण्ड मानिने नागरिक प्रश्नलाई अपमान गर्ने अभिव्यक्तिले कचनकवल गाउँपालिकामा प्रतिनिधित्व गर्ने प्रवक्ता चिन्तामणि खरेल विवादमा तानिएका छन्।

झापाको एक सञ्चारमाध्यममा उनले ‘प्रश्न गर्ने जनता बहुला, पागल र फटाहा’ भनेका छन्, जुन शब्द सामाजिक, राजनीतिक र नैतिक सन्दर्भमा असह्य ठहरिएको छ।

गाउँपालिका अध्यक्षदेखि विपक्षीसम्म खरेलको अभिव्यक्तिविरुद्ध धारणा सार्वजनिक भइरहेका छन्। जनप्रतिनिधिको भूमिकामाथि प्रश्न उठ्दै गर्दा यस्तो सोचले स्थानीय तहमा प्रतिवेदनको संस्कृतिलाई कमजोर बनाउने चिन्ता सार्वजनिक बौद्धिक वृत्तमा उठेको छ।
नेपालको संविधानले दिएको सार्वजनिक प्रश्न गर्ने अधिकारलाई जनप्रतिनिधिले गालीको भाषा प्रयोग गरी कुण्ठित गर्नु, लोकतन्त्रको मूल्यका लागि घातक मानिएको छ।