हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

हल्दिबारीमा जङ्गली हात्तीको आतंक, पञ्चायत माविको संरचनामा पुर्‍यायो क्षति

झापा । हल्दिबारी गाउँपालिका–३ स्थित श्री पञ्चायत माध्यमिक विद्यालयमा मङ्गलबार राति जङ्गली हात्तीको समूहले आक्रमण गरी विद्यालयको पर्खाल भत्काएको छ । जलथल जङ्गल अन्तर्गतको रातमाटे सामुदायिक वन क्षेत्रबाट आएका तीन हात्तीले विद्यालयको पर्खाल भत्काउनुका साथै त्यहाँ रहेको चमेना गृहमा समेत क्षति पुर्याएको स्थानीयहरूले बताएका छन् ।

Advertisement

प्रहरी चौकी जलथलका असई सञ्जीव चौधरीका अनुसार हात्तीले विद्यालयको भौतिक संरचनामा करिब ५० हजार रुपैयाँ बराबरको क्षति पुर्याएको हो । राति करिब १० बजेतिर आएकी ती हात्तीहरूलाई विद्यालयका कार्यालय सहयोगी दल बहादुर फागो र स्थानीयवासीको सहयोगमा जङ्गलतर्फ लखेटिएको थियो, जसले थप क्षति हुनबाट जोगाएको बताइएको छ ।

Advertisement

बुधबार बिहान वडाध्यक्ष विष्णु ओली, वडा सदस्यहरू अजित कुमार बिष्ट र कर्ण भण्डारी, जलथल प्रहरी चौकीका असई सञ्जीव चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक लिङ्देन, सदस्य पूर्ण आङ्बो, प्रधानाध्यापक डिल्लीराम ढुङ्गेल लगायतको टोलीले घटनास्थलको निरीक्षण तथा अनुगमन गरेका थिए ।

स्थानीयवासीहरूका अनुसार जलथल क्षेत्रमा वर्षेनी जङ्गली हात्तीको आक्रमणबाट मानवीय क्षति हुनुका साथै सयौँ बिघा अन्नबाली नष्ट हुँदै आएको छ । तर, अहिलेसम्म कुनै सम्बन्धित निकायले प्रभावकारी रोकथामका लागि पहल नगरेको गुनासो उनीहरूको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)