हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

झापाको गौरादहमा करेन्ट लागेर महिलाको मृत्यु

झापा । झापा जिल्ला गौरादह नगरपालिका–४, जोरघरे निवासी  ५४ वर्षीया चन्द्रमाया नेम्वाङको हिजो २० गते राति करिब ८ बजेको समयमा करेन्ट लागी मृत्यु भएको छ।

Advertisement

जानकारी अनुसार, चन्द्रमाया नेम्वाङ आफ्नै घरदेखि करिब १० मिटर पूर्व–उत्तरमा रहेको मोटरबाट पानी खेतमा सिँचाइ गर्ने क्रममा अचानक करेन्ट लागेपछि घटनास्थलमै लडेर मृत्यु भएको हो।

Advertisement

उक्त अवस्थामा लडिरहेको आफ्नी आमालाई छोरा सुशील नेम्वाङ (उमेर २५ वर्ष) ले देखेपछि शव घरमा ल्याई राखिएको थियो।

घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी अधिकृतको टोली खटिई घटनास्थलमा पुगेको छ र हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)