हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

गायक पशुपति शर्मा सवार कार दु*र्घ*ट*ना

स्याङ्जा, साउन २१ । लोकप्रिय लोकगायक पशुपति शर्मा सवार कार बुधबार दिउँसो स्याङ्जाको भीरकोट नगरपालिका–२ स्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी बाबुराम न्यौपानेका अनुसार पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भई सडक छेउको कल्भर्टमा ठोक्किएको हो।

Advertisement

कारमा गायक शर्मा सहित ४ जना सवार थिए। सबैलाई ठूलो चोटपटक नभए पनि गायक शर्माको देब्रे हातको कान्छी औंला भाँचिएको डिएसपी न्यौपानेले जानकारी दिए। कारमा सामान्य क्षति पुगेको बताइएको छ।

गायक शर्मा सांगीतिक कार्यक्रममा सहभागी हुन स्याङ्जा गएका थिए। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)