हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

झापाको भद्रपुरमा फलफूल पसल सञ्चालक वृद्धको बाटैमा लडेर मृ*त्यु

भद्रपुर । भद्रपुरमा फलफूल बेचेर घर फर्किँदै गर्दा लडेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका–६ निवासी अन्दाजी ७० वर्षीय श्यामलाल मण्डल रहेको प्रहरीले जनाएको छ।

Advertisement

गएको बिहीबार राति करिब ८:३० बजे भद्रपुर नगरपालिका–३ पुरानो ढाँट नजिक, ज्ञानेचोक हटियाबाट फलफूल बिक्री गरी ठेला चलाई घर फर्किँदै गरेका मण्डल अचानक चक्कर आएर बेहोस भई सडकमा लडेका थिए।

Advertisement

घटनापछि स्थानीय बासिन्दाले प्रहरी चौकी महेशपुरको सहयोगमा उनलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल, भद्रपुर पठाएका थिए। तर अस्पतालले राति ९ बजे उनलाई मृत घोषणा गरेको थियो।

मृतक मण्डलको झापाचोकमा फलफूल पसल रहेको र उनी दैनिक रूपमा हटियामा फलफूल बेच्ने गर्थे भन्ने स्थानीयले बताएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)