झापा, १३ भदौ — बिर्तामोडमा पौडी खेल्ने क्रममा एकजनाको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका–२ मा जीवन ढुंगानाले सञ्चालन गरेको ‘ग्रीन पार्क’ भित्रको स्वीमिङ पुलमा दुर्घटना भएको हो।

बिर्तामोड–३ का ३३ वर्षीय प्रकाश प्रसाई र बिर्तामोड–१० का ३३ वर्षीय केशव शिवाकोटी पार्क घुम्न तथा पौडी खेल्न पुगेका थिए। तर पौडी खेल्ने क्रममा प्रकाश प्रसाईको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना भएको करिब साँझ ८ बजे स्वीमिङ पुल सञ्चालकले घटनाबारे ईलाका प्रहरी कार्यालय अनारमनिमा जानकारी गराएका थिए। त्यसपछि प्रहरी नायब उपरीक्षकको कमाण्डमा प्रहरी टोली तत्काल घटनास्थल पुगेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।