समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

झापाको पृथ्वीनगरमा ग्रेन्डर मेसिनले खुट्टा काट्दा मृत्यु

झापा, भद्रपुर ।भद्रपुर–१ का ३५ वर्षीय रमेश परियारको ग्रेन्डर मेसिन दुर्घटनामा परी मृत्यु भएको छ।

हिजो साँझ ५ बजे घरमै राँगाको खुट्टा काट्ने क्रममा परियारको आफ्नै बायाँ खुट्टा मेसिनले काटिदिँदा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्काल बीएण्डसी अस्पताल, बिर्तामोड पुर्‍याइएको थियो। तर अत्यधिक रगत बगेर राति २ बजे उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

विज्ञापन (Advertisement)Advertisement

घटनाबारे थप विवरण संकलन गर्न इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट प्रहरी नायव निरीक्षक चन्द्रकुमारी चेम्जोङको कमाण्डमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)