कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता १० महिना अगाडि

सिक्किम आइडल सिजन–२ को ग्राण्ड फिनाले १३ नोभेम्बर, सिजन–३ अन्तर्राष्ट्रियस्तरमा

गान्तोक,१४ कात्तिक।गायन प्रतियोगिता ‘सिक्किम आइडल, सिजन–२’ को ग्राण्ड फिनाले आगामी १३ नोभेम्बर रम्फू खेलमैदानमा आयोजना हुने भएको छ।

Advertisement

हाम्रो वार्ता टेलिभिजनको तत्वावधानमा आयोजना भइरहेको प्रतियोगितामा जुनियर र सिनियर वर्गका पाँच–पाँच जना गायक–गायिकाले उपाधिका लागि अन्तिम प्रस्तुति दिनेछन्।

Advertisement

प्रतियोगिताका प्रमुख संरक्षक जेकब खालिङले तादोङ, गान्तोकमा आयोजित पत्रकार सम्मेलनमा आगामी सिजन–३ अन्तर्राष्ट्रियस्तरमा आयोजना गरिने घोषणा गरेका छन्। उनले प्रतियोगिताका विजेताहरू निर्णायकहरूको अङ्क र दर्शक भोटको आधारमा चयन गरिने जानकारी पनि दिए।

ग्राण्ड फिनालेका निर्णायकमा पद्मश्रीले सम्मानित नरेन गुरुङ, थुप्देन भोटिया, डा. मनोज राई र रेमन्ती राई रहनेछन्। नेपालका चर्चित गायक स्वप्न समन को प्रस्तुति पनि रहनेछ।

खालिङले आगामी वर्षदेखि सिजन–३ मा सिनियर वर्ग देश–विदेशका इच्छुक प्रतिभागीहरूका लागि खुला हुने र जुनियर वर्गमा केवल सिक्किमका कलाकारहरूले भाग लिने जानकारी दिए। सिजन–२ का टप–३ जुनियर प्रतिभागीलाई सिक्किम सरकारले सङ्गीत शिक्षा प्रदान गर्नेछ।

निर्णायक डा. मनोज राई ले प्रतियोगिताले नानीहरूलाई सङ्गीत सिकाउन मद्दत गर्न सक्ने बताए भने रेमन्ती राई ले दर्शकहरूलाई आगामी फिनालेमा उपस्थित भइ कलाकारहरूको समर्थन गर्न आग्रह गरिन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article