समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

दमकमा लुटिएका ११ राउन्ड गोली फेला, १७ हतियार अझै हराइरहेका

झापा, मंसीर ६ । दमकमा भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको हतियारका ११ राउन्ड गोली फेला परेको छ।

साँझ ६ः४० बजे दमक-७ स्थित मानव सेवा आश्रम नजिकैको भित्री सडक खण्डमा बेवारिसे अवस्थामा एसएलआर राइफलका ५ राउन्ड, इन्सास राइफलका ३ राउन्ड र ३०३ राइफलका ३ राउन्ड गोली फेला परेको प्रहरीले जानकारी दिएको छ।

विज्ञापन (Advertisement)Advertisement

जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट कुल २० थान हतियार लुटिएको थियो। तीमध्ये ३ थान हतियार र ११ राउन्ड गोली फेला परेको छ भने अझै १७ थान हतियार र करिब ४ हजार राउन्ड गोली भेटिन बाँकी रहेको प्रहरीले जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)