झापा। कन्काई नगरपालिका–३ मा भन्सार र क्वारेन्टाइन छल्दै अवैध रूपमा ल्याइएका ठूलो परिमाणका माछा प्रहरीले बरामद गरेको छ।
शनिबार बिहान ११:२० बजे सब–डिभिजन वन कार्यालय नजिक रोडछेउमा बेवारिसे अवस्थामा फेला पारिएको ४१७ किलो मुङरी, सिलन, रहु र बम्प्लेट जातका माछा इप्रका सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
विज्ञापन (Advertisement)

बरामद माछाको मूल्य करिब एक लाख पचास हजार रुपैयाँ पर्ने जनाइएको छ।
प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी सबै माछा जिल्ला प्रहरी कार्यालय झापामा नष्ट गरिएको छ।
