झापा । विशेष सुराकीका आधारमा प्रहरीले झापाको दमकबाट एक युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ।
मिति २०८२ मंसिर २१ गते साँझ ४:४० बजे दमक नगरपालिका–५ मा बस्दै आएका १९ वर्षीय निरज मुखियालाई कोठामै बसेको अवस्थामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। मुखियाले लागुऔषध कारोबार गर्दै आएको भन्ने सूचनाको आधारमा प्रहरीले कोठामा खानतलासी गर्दा विभिन्न लागूऔषध बरामद भएको हो।
विज्ञापन (Advertisement)


प्रहरीका अनुसार बरामद पदार्थमा खैरो हेरोइन १ ग्राम ४० मिलिग्राम, Tramadol Hydrochlorides IP लेखिएका २७ क्याप्सुल तथा Dicyclomine 20 mg लेखिएका २६ ट्याबलेट रहेका छन्।
उनीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।