हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सुनसरी उबासंघ पसल खुलागर्ने तयारीमा

धरान l सरकारले पछिल्लो पटक लकडाउन थपेर बैशाख २५ गते सम्म पु¥याए संगै सुनसरी उद्योग वाणिज्य संघ धरानमा लकडाउन लचिलो गर्दै खाद्यान्नका पसलहरु खुलागर्ने तयारीमा लागेको छ । यसबारे आइतवार धरान उपमहानगरपालिका, इलाका प्रहरी र संघका पदाधिकारी विच छलफल भएको उबासंघले जनाएको छ ।

Advertisement

धरानमा खाद्यान्नको पसलहरुको व्यवस्थापन गर्ने विषयमा छलफल भएको हो । लकडाउन अवधि बढेर महिना दिन बढी भैसकेको अवस्थामा खाद्यवस्तु किनेर खानेहरुका लागि पनि समस्या भएपछि खाद्यवस्तुको पसलहरु खुला गर्ने व्यवस्थाका बारेमा छलफल गर्न संघले उक्त संयुक्त बैठक आयोजना गरेको बताइएको छ ।

Advertisement

संघका अध्यक्ष गिरिधारी सापकोटाका अनुसार छलफल बाट उपमहानगरपालिकाले वडाहरुमा खाद्यान्न पसलहरु खोल्ने विषयमा वडाध्यक्षहरु संग छलफल गरी वडामा टोलहरु लाई पायक पर्नेगरी खुला गर्न सकिनेका पसलहरुको सूची तयार गर्ने भएको छ । पसलहरुको उक्त विवरण प्राप्त भएपछि पुनः छलफल गरि पसलहरु खुला गर्ने टुंगो लगाइने उनले बताए ।

छलफलमा संघ व्दारा गठिन बजार अनुगमन तथा आपूर्ति समन्वय समितिका संयोजक शिवराज श्रेष्ठले धरानको वडा ४, ५, ६ र २० मा खाद्यान्नको अभाव भएको बताए । उक्त वडाहरुमा खाद्यान्न सहज गर्न आपूर्तिका लागि समन्वय गर्दै केही पसल खोलिने भएको छ । खोलिने पसलहरुमा अनिवार्य सामाजिक दुरी कायम गर्दै पसलेले ग्लोब्स र मास्क लगाउनु पर्ने बताए ।

उपभोग्य वस्तुको मुल्यमा एक रुपता नपाइएकाले विवाद आएकाले खुला गरिएको पसलहरुले मूल्य सूचि अनिवार्य रुपमा राख्नुपर्ने बताए । संघका सदस्य विष्णु बरालका अनुसार छलफलमा धरान उपमहानगरपालिका मेयर तिलक राईले हाल विद्यमान प्रतिकुल अवस्थामा व्यवसायीहरु लाई व्यापार गर्नभन्दा पनि सेवामूलक भावले कार्य गर्न अनुरोध गरे । उनले भने ‘प्रतिकुल अवस्था बढ्दै गए हामीले आहार–बिहार र बानी–व्यवहारमा पनि परिवर्तन गर्दै जानुपर्छ ।’ उपमयर मञ्जु भण्डारीले लकडाउनको अवस्थामा तरकारी बजारको व्यवस्थापनमा अन्य शहरहरुले धरानमा गरिएको व्यवस्थापन लाई मोडलको अनुकरण गरेको र खाद्यान्नको पसल खोल्नका लागि पनि मापन तयार गरिनुपर्ने बताइन् ।

छलफलमा नगरपालिकाका बजार अनुगमन अधिकृत वेद सापकोटा, संघका वाणिज्य सचिव सिताराम आचार्य, प्रचार सचिव मानबहादुर विश्वकर्मा, सदस्य नारायण लिम्बू लगायतले उपभोक्ता र साना पसलेहरुका हितका लागि व्यवस्थित रुपमा पसलहरु खुला गर्न उचित हुने धारणा राखे । छलफलमा इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपाने पनि सहभागी थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)