झापा — भारतको गोवामा शनिवार मध्यरात भएको भीषण आगलागीमा परी दुई झापाली युवासहित चार नेपालीको मृत्यु भएको पुष्टि भएको छ।

मृतकमध्ये भद्रपुर नगरपालिका–३, गोलेचोकका सविन खाती र कचनकवल गाउँपालिका, बगान नयाँ बजारका १९ वर्षीय सुदीप गुरुङ रहेको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन्। कचनकवल–२ का वडाध्यक्ष लेखनाथ खत्रीका अनुसार सुदीप तिहारपछि होटेल म्यानेजमेन्ट अध्ययनका लागि गोवा गएका थिए।

सविन केही वर्षदेखि सोही नाइट क्लबमा सेफका रूपमा कार्यरत थिए भने उनी लामो समयदेखि गोवामा होटल तथा क्लब क्षेत्रमा काम गर्दै आएका थिए। सुदीपको मृत्यु भएको भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले पुष्टि गरेका छन्।

भारतीय सुरक्षा अधिकारीहरूका अनुसार फायर–शो चलिरहेको बेला नाइट क्लबभित्र अत्यधिक भीड थियो। सुरु भएको केही मिनेटमै आगो फैलिँदा तथा घना धुवाँ भरिँदा ठूलो मानवीय क्षति भएको बताइएको छ। घटनामा कुल २५ जनाको मृत्यु भएको र तीमध्ये चार जना नेपाली रहेको भारतीय अधिकारीहरूले जनाएका छन्। अन्य दुई नेपालीको पहिचान खुल्न बाँकी रहेको छ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको भारतीय अधिकारीहरूले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार