समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

झापाको शिवसताक्षीमा महिला मृत फेला

झापा । झापा जिल्लाको शिवसताक्षी नगरपालिका–१० माइधारस्थित माईखोला र सरदारे खोलाको दोभानमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार शुक्रबार बिहान करिब ९:२० बजे जीवनटोलकी ६२ वर्षीया बिमला माझी पानीमा घोप्टो परिरहेकी अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

विज्ञापन (Advertisement)Advertisement

प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि आम्दा अस्पताल, दमक पठाएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)