भद्रपुर, झापा । दोस्रो भद्रपुर महोत्सव अन्तर्गत लागूऔषध दुव्र्यसनी सम्बन्धी जनचेतनामूलक वक्तृत्वकला प्रतियोगिता भद्रपुर–६ स्थित गिरीचोकमा सम्पन्न भएको छ। कार्यक्रम भद्रपुर युवा परिवारद्वारा आयोजित हो।

प्रतियोगितामा सामुदायिक तथा निजी गरी ५ वटा विद्यालयको सहभागिता रहेको थियो।
उक्त प्रतियोगितामा मुनाल एकाडेमीकी भूमिका घले प्रथम भइन्। उनलाई नगद रु ४,००० प्रदान गरिएको छ।

अन्य विजेताहरूः

द्वितीय : श्रद्धा नेपाल (इस्ट प्वाइन्ट) – नगद रु ३,०००

तृतीय : सञ्जल घिमिरे (इस्ट प्वाइन्ट) – नगद रु २,०००

चौथो : सञ्चिता तामाङ (डोल्मा मेमोरियल) र प्रकाश तामाङ (वीरेन्द्र मावि) – नगद रु ५००

कार्यक्रम युवा परिवारका अध्यक्ष भरत यादवको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
सो अवसरमा ६ नं. वडाध्यक्ष रतिया राजवंशी, ४ नं. वडाध्यक्ष हंशधर राजवंशी, वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक मोतीलाल योञ्जन, शुभारम्भ फाउन्डेसन नेपालका अध्यक्ष रुपेश कडरियालगायत जनप्रतिनिधि, शिक्षक तथा विद्यार्थीको सहभागिता थियो। कार्यक्रमको सञ्चालन कृति राईले गरेकी थिइन्।

महोत्सवमा हरेक दिन सांगीतिक कार्यक्रम तथा विभिन्न मनोरञ्जनात्मक खेल प्रदर्शन गरिने बताइएको छ। सोही अनुसार आज महोत्सवमा गायिका ज्योति मगरले प्रस्तुति दिने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार